Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मन्त्री छान्न शेखर–गगन समूह छलफलमा


काठमाडौं, ३० चेत । नेपाली कांग्रेसका डा. शेखर कोइराला–गगन थापा समूह छलफलमा जुटेका छन्। आफ्नो समूहले कम्तिमा तीन मन्त्री पाउनुपर्ने अडान बमोजिम उनीहरु आज छलफलमा जुटेका हुन् ।

एक पदाधिकारीका अनुसार धनराज गुरूङ र डिगमान लिम्बु, जीवन परियार र बद्री पाण्डेमध्येबाट मन्त्री चुनिने सम्भावना छ।

कांग्रेसले ८ मन्त्रालय पाएकोमा यसअघि ४ मन्त्री मात्रै सरकारमा पठाएको छ। कोइराला–थापा पक्षले मन्त्री छानेर सभापति शेरबहादुर देउवालाई दिएपछि देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नामावली दिने तयारीमा छन् । सभापति देउवा पक्षले भने एनपी साउद र मोहनबहादुर बस्नेतलाई मन्त्री बनाउने तयारी गरेका छन् ।

सभापति देउवा पक्षले तीन मन्त्रीको नाम पठाउन भनेपछि कोइराला र थापा पक्ष छलफलमा जुटेका हुन्। गठबन्धनभित्र कांग्रेसलाई आठ मन्त्रालय मात्र दिने भनिए पनि कांग्रेसले प्रधानमन्त्री प्रचण्डसँग नौ मन्त्रालय माग गरिरहेका छन्। मन्त्रिमण्डलले पूर्णता नपाउँदा प्रधानमन्त्री प्रचण्डको आलोचना हुँदै आएको छ।


क्याटेगोरी : राजनीति
ट्याग : #gagan thapa, #hot, #shekhar koirala

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट