Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

संवैधानिक परिषद्को बैठक सिंहदरबारमा जारी, प्रधानन्यायाधीश नियुक्तिको विषय निस्कर्षमा पुग्ने


काठमाडौं, ६ वैशाख । संवैधानिक परिषद्को बैठक शुरु भएको छ । बैठक आज (बुधवार) बिहान सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी हुनुभएको छ । ८ बजे बस्ने भनिएको बैठक केही समय ढिला गरी शुरु भएको हो ।

आजको बैठकले प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल गरी निस्कर्षमा पुग्ने बताइएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट