Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

चितवन–२ मा रातिदेखि नै मतगणना गर्ने तयारी


चितवन । आइतबार सम्पन्न उपनिर्वाचन भएका तीन क्षेत्र मध्ये चितवन २ को मतगणना आज रातिदेखि नै सुरु गर्ने तयारी भएको छ । राति ९ बजेसम्म मतपेटिका संकलन गरिने र त्यसपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने सहायक मतदान अधिकृत ईश्वर आचार्यले बताए ।

उनका अनुसार चितवन २ मा निर्धारित समयमा ६१ प्रतिशत मत खसेको छ । केही स्थानमा मतदान स्थलभित्र पसिसकेका मतदाताले मतदान बाँकी रहेकाले केही बढ्न सक्ने उनको भनाइ छ ।

चितवनमा कुल १ लाख २४ हजार ६९५ मतदाताका लागि ४३ मतदान स्थलमा १३८ मतदान केन्द्र निर्धारण गरिएको थियो ।
चिवतन २ मा गत मंसिर ४ को निर्वाचनमा ६८ प्रतिशत अर्थात ८४ हजार १७ मत खसेको खसेको थियो ।

मतगणना उद्योग संघ चितवनको प्रदर्शनी केन्द्रमा हुने जनाइएको छ । मतगणना ७ स्थानमा गरेर चाँडै नजिता दिइने आचार्यको भनाइ छ ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट