Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

एमालेका सांसदहरुको विरोधपछि राष्ट्रियसभा बैठक स्थगित


काठमाडौं, १३ वैशाख । नेकपा एमालेका सांसदहरुको विरोधपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ।

जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुँदै गर्दा अर्थमन्त्री उपस्थित नभएको भन्दै उनीहरूले मन्त्री नआएसम्म बैठकमा भाग नलिने भन्दै विरोध गरे।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले अरू मन्त्रीहरू रहेको र टिपोट भइरहेको भन्दै बैठक अघि बढाउन आग्रह गरे पनि एमाले सांसदहरु उठिरहे पछि बैठक १४ मिनेटका लागि स्थगित गरिएको हो।

बैठकमा ‘सुढृढ अर्थतन्त्र निमार्णका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने कार्यसूची छ । सांसद मदनकुमारी शाह ‘गरिमा’ले प्रस्ताव गरिसकेपछि छलफल अघि बढ्न नसकेको हो।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking, #rastriya sabha

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट