Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

महावीर पुनको माग राज्यले तत्काल सम्बोधन गर्नुपर्छ: विश्वप्रकाश शर्मा


काठमाडौं, १७ वैशाख । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनको माग राज्यले तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन्।

शनिबार नेपाल विद्यालय कर्मचारी परिषद्ले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल महावीर पुनसँग संवाद गरी माग सम्बोधन गर्न आग्रह गरे।

उनले गैरनाफामुलक संस्था बनाइ निजी क्षेत्रबाट नेपालमा आविष्कार गर्ने कुरालाई अग्रणी संस्थाको रूपमा विकास गर्ने व्यक्तिको माग सरकारले तत्काल संवादबाट समाधान गर्नुपर्ने बताए। राज्यले सम्मान गर्नुपर्ने व्यक्ति सडकमा उभिनु सुन्दर पक्ष नभएको उनको भनाइ थियो।

‘महावीर पुन जस्ता मान्छेहरु नवप्रवर्तन, आविष्कारका लागि नयाँ इनोभेसनको कुराका लागि राज्यले प्राथमिकता देओस् भनेर सडकमा पुग्नुपरेको छ, सम्माननीय प्रधानमन्त्रीज्युसँग मैले अरु नै कारणले भेट्नु थियो, बालुवाटारमा भेट्दै गर्दा पनि मैले यसको बारेमा स्मरण गराएको छु,ु उनले भने, ुयथाशीघ्र सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाललाई म सार्वजनिक रुपमा पनि अपिल र आग्रह गर्न चाहन्छु, तत्काल महावीर पुनसँग संवाद गरेर सडकमा नभइ संवादमा ल्याइ उहाँका विषय सम्बोधन गरेर जानुपर्छ। सरकारले यस्तो विषयमा गम्भीरता राख्नुपर्छ।ु

उनले पुनको माग आर्थिक कुरा मात्रै नभएर राज्य प्रणाली कस्तो छ भन्ने प्रतिविम्व पनि भएको बताए।


क्याटेगोरी : राजनीति
ट्याग : #bishwo prakash sharma, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट