Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

लुम्बिनीका मुख्यमन्त्री चौधरीले मंगलबार विश्वासको मत लिने


लुम्बिनी । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मङ्गलबार विश्वासको मत लिने भएका छन्।

यसअघि सोमबार विश्वासको मत लिने निर्णय भए पनि अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्वजनिक बिदा परेकाले मङ्गलबार विश्वास लिन लागेको प्रदेश सरकारका मन्त्री सन्तोष पाण्डेले जानकारी दिए।

प्रदेश सभामा रहेका आठ दलको समर्थनमा वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका चौधरीले विश्वासको मत लिएपछि मात्रै मन्त्रीमण्डललाई पूर्णता दिने योजना बनाएका छन्। गठबन्धन दलमा मन्त्रालयको भागवण्डा नटुङ्गिएका कारण चार सदस्यीय मन्त्रीमण्डल गठन गरिएको छ। मुख्यमन्त्रीसँगै नियुक्त भएका तीन जना मन्त्री पनि बिना विभागीय छन्।

विश्वासको मत लिने भएपछि प्रदेश सभाको बैठक मङ्गलबारका लागि बोलाइएको छ। सभाको पहिलो अधिवेशनको दशौँ बैठक वैशाख १९ गते मङ्गलबार बिहान ११ बजे बस्ने गरी तय भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा जनाइएको छ।

 


क्याटेगोरी : राजनीति, लुम्बिनी प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट