Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

रवि लामिछानेलाई संसदीय दलको नेता बनाउन रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ । उपनिर्वाचनबाट सभापति रबि लामिछाने पुनः निर्वाचित भएर आए पछि पहिलो पटक केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्न लागेको हो ।

बिहान ११ बजे केन्द्रीय समितिको बैठक बस्नेछ भने दिउँसो ३ बजे संसदीय दलको बैठक बस्नेछ । बैठकको पूर्वसन्ध्यामा आइतबार लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका थिए । प्रधानमन्त्री प्रचण्डले सरकारलाई दिएको समर्थन कायमै राख्न अनुरोध गरे पनि सरकारले हालै ल्याएको ‘नीति तथा कार्यक्रम’मा भ्रष्टचारलाई कारबाही गर्ने बिषयको बुदाँ नै हटाएकोमा लामिछानेको विमति छ ।

रास्वपाले आज सरकारले दिएको समर्थनमा सन्दर्भमा निर्णय लिने छ । यसैगरी, आजको बैठकले सभापति लामिछानेलाई पुनः संसदीय दलको नेतामा चयन गर्ने एजेन्डा रहेको छ । नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसालापछि उनी सबै पद मुक्त भएका थिए । पुनः नागरिकता प्राप्तिपछि पार्टी सभापतिमा पुनर्वहाली भए ।

लामिछाने पदमुक्त भए पछि रास्ववाले पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेता चयन गरेको थियो । लामिछाने पुनः बिजयी भएर आए पछि उनले शनिवार नै राजिनामा दिएका छन । उक्त रिक्त पदमा आज लामिछाने पुन चयन हुने बुझिएको छ ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट