Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

किन हौसिदैंछन् ज्ञानेन्द्र ? ओलीको उचित प्रतिवाद


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई तथाकथित राजा हैसियतमै राजनीतीकरण गर्दै गएपछि राजावादी शिविरमा खुशी पैदा भएको छ । पछिल्लो समय राप्रपामा जोडिएका रवीन्द्र मिश्र र ज्ञानबहादुर शाही प्रकारका राजावादीहरू अध्यक्ष राजेन्द्र लिङदेन वा अरु वरिष्ठ नेताभन्दा बढी पूर्वराजाका ‘वैचारिक खम्बा’ भएर खडा भएका छन् । तर, लोकतान्त्रिक राजनीतिक पक्षहरूको विकल्प बन्ने र मुलुकलाई पुनः प्रतिगमनको सुरुङमा धकेल्ने उनीहरूको महत्वाकांक्षा भने मूर्खताको पराकाष्ठा मात्रै हो ।

पूर्वराजा ज्ञानेन्द्रले विभिन्न चाड, दिवस र आफ्ना जन्मदिनका सन्दर्भमा पुरानो राजतन्त्रसमेत देशको एक प्रमुख शक्ति केन्द्र भएको जनाउ दिएर, देशको विकृति टुलुटुलु हेरेर नबस्ने बताउँदै दलहरूलाई आफूसँग मिल्न वक्तव्यबाजी जारी गरिरहेकै थिए । झन्पछि झन् उनका वक्तव्यका भाषाहरूमा शक्ति र घमण्डका मात्रा बढिरहेकै छन् । तर, धार्मिक भ्रमणका नाममा सुनसरी, जनकपुरधाम र जुम्लामा प्रायोजित ‘नागरिक अभिनन्दन’ खाँदै हिंड्दा, अन्यत्रसमेत त्यस्ता कार्यक्रम बनाउँदै गर्दा र झापाको मेची पुलमा त दुर्गा प्रसाईं आवरणको राजनीतिक कार्यक्रममै सहभागी हुँदा उनको सक्रियतालाई नियन्त्रण गर्ने समय घर्किसकेको महसुस सर्वत्र गरिएको छ ।

गणतन्त्रपछिका सरकारले जनअपेक्षा अनुसार काम नगर्दा पूर्वराजा र राजावादीहरू हौसिदै गएको सत्य हो । तर, तिनको विगत अपराधलाई आँखा चिम्लिएर बिर्सिदिने सदासयता पनि हो । एकात्मक राज्य लादेर केन्द्रीकृत ब्रम्हलुट गर्ने निरंकुश राजतन्त्र कुँडाकर्कट भइसकेर पनि फेरि त्यही ब्रम्हलुटको धरातल फर्काउने सपनामा छ भने दलहरू जनतालाई एउटा औपचारिक लोकतन्त्र देखाएर अरु सबै दायित्वबाट विमुख हुँदैछन् । अध्यक्ष ओलीको र अरु नेताहरूको समेत पूर्वराजा र राजावादीमाथिको आक्रोस जायज छ । तर, कतिपय दृष्टिले जनताको पहिचान र अपनत्व नभएको राष्ट्रियता परिस्थितिबाट समेत पूर्वराजा र राजावादीहरू हौसिएका हुन् ।

यो हप्ताका आधादर्जन भन्दा बढी सार्वजनिक कार्यक्रमहरूबाट प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र, उनको परिवार र राजावादीका अस्वाभाविक हर्कतप्रति स्वाभाविक कटाक्ष र उचित प्रतिवाद गरेका छन् । यहाँसम्म कि झापाको बुधबारेमा चारदिन अगाडि भएको आफू लक्षित हुलहुज्जतमा ज्ञानेन्द्र र उनको परिवारको हात रहेको ठोकुवा गरेका छन् ओलीले । तीनपटक देशको प्रधानमन्त्रीको कुर्सीमा पुगिसकेका हालका सर्वेसर्वा विपक्षी नेताले कुनै सूचना नै नपाई यस्तो ठोकुवा गरे भन्नु बचकना मात्र हुनेछ । र, ओलीको यही ठोकुवाको आधारमा समेत ज्ञानेन्द्र गतिविधिलाई सरकारले तत्काल निगरानी र नियन्त्रण गर्नुपर्छ ।

त्यसो त तथाकथित नागरिक अभिनन्दन वा राजनीतिक एवम् धार्मिक भेलामा ज्ञानेन्द्र शाहको उपस्थिति, उपस्थितिकै दृष्टिले विवादरहित छैन । धनुषाको जनकपुरधाम र सुनसरीको इनरुवामा मात्र होइन, आइतबार जुम्लाको खलंगामा समेत उनले सचेत नागरिकको ‘सिम्बोलिक’ विरोध सामना गर्नुप¥यो । मेचीपुलमा त ज्ञानेन्द्र पुत्र पारसले प्रहरी अधिकारीलाई लछारपछार गर्दा आम बेइज्जती नै बोक्नुप¥यो । तर, निरंकुश एवम् हत्यारा राजतन्त्रका विरुद्ध सचेत नागरिकका आवाज मलिन हुँदैछन्, लोकतान्त्रिक नेताहरू प्रतिक्रियामुखी मात्रै हुँदैछन् र गफाडी राजावादीहरू अरुलाई उल्टै उपदेश दिने उत्साहमा पुगेका छन् ।

गणतन्त्रपछिका सरकारले जनअपेक्षा अनुसार काम नगर्दा पूर्वराजा र राजावादीहरू हौसिदै गएको सत्य हो । तर, तिनको विगत अपराधलाई आँखा चिम्लिएर बिर्सिदिने सदासयता पनि हो । एकात्मक राज्य लादेर केन्द्रीकृत ब्रम्हलुट गर्ने निरंकुश राजतन्त्र कुँडाकर्कट भइसकेर पनि फेरि त्यही ब्रम्हलुटको धरातल फर्काउने सपनामा छ भने दलहरू जनतालाई एउटा औपचारिक लोकतन्त्र देखाएर अरु सबै दायित्वबाट विमुख हुँदैछन् । अध्यक्ष ओलीको र अरु नेताहरूको समेत पूर्वराजा र राजावादीमाथिको आक्रोस जायज छ । तर, कतिपय दृष्टिले जनताको पहिचान र अपनत्व नभएको राष्ट्रियता परिस्थितिबाट समेत पूर्वराजा र राजावादीहरू हौसिएका हुन् ।

पूर्वराजा र राजावादीको सक्रियता र अध्यक्ष ओलीका त्यसबारेका जायज अभिव्यक्तिलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ । र, पार्टीगत स्वार्थले निर्माण भएका लोकतन्त्रलाई जनअपनत्वशील हुन नदिने विकृत पाटापक्षहरूलाई आधारबाटै सुधार्न अध्यक्ष ओलीसहित सबै राजनीतिक पक्षहरू तयार हुनुपर्छ । समयबद्ध साप्ताहिकबाट

 


क्याटेगोरी : बिचार, राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट