Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

केपी ओलीलाई प्रचण्डको जवाफः भ्रष्टाचारीहरुलाई कारबाही गर्ने कुरामा सरकार दृढताका साथ अघि बढ्छ


काठमाडौं, २३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारीहरुलाई कारबाही गर्ने कुरामा सरकार दृढताका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा थर्दैउनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धको सरकारको अभियान नरोकिने स्पष्ट पारे । उनले भ्रष्टाचारविरुद्धको अभियान प्रक्रिया र पद्धतिअनुसार अघि बढ्ने बताए । प्रधानमन्त्रीले दोषी नछुटाउने र निर्दोष नफस्ने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्रीले भने, ‘‘यो अभियान रोकिँदैन, प्रक्रिया, पद्धतिअनुसार दृढताकासाथ अघि जान्छ । दोषी कोही नछुट्न्, निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट हामी अघि बढ्छौँ । म दबाबमा पर्दिन, कारबाही अघि बढ्छ ।’’ प्रधानमन्त्री प्रचण्डले आफू दबाबमा नपरीकन काम गर्ने बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट