Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

लोकतन्त्रको स्थापना एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ नेपाली सञ्चारमाध्यमले खेलेको भूमिकाको प्रम दाहालद्वारा प्रशंसा


काठमाडौं, २४ वैशाख । प्रधानमन्त्री प्रचण्डले आठौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा लोकतन्त्र र संविधानका पहरेदार सम्पूर्ण श्रमजीवी पत्रकारहरूमा सुख, शान्ति, दीर्घायु, समृद्धि एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले उल्लेख गरेका छन्, ‘यस सन्दर्भमा लोकतन्त्रको स्थापना एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका निम्ति नेपाली सञ्चारमाध्यम र सञ्चारकर्मीले खेलेको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गर्दछु।’

उनले भनेका छन्, ‘वाक् तथा प्रेस स्वतन्त्रताको पक्षमा सरकार दृढ रहेको स्मरण गराउँदै सञ्चारसम्बन्धि नीतिगत व्यवस्था र कानुन निर्माण गर्दा सञ्चार क्षेत्रको प्रतिनिधित्व र समझदारी कायम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु। पत्रकारिता पेशाभित्र नै श्रमजीवी पत्रकारहरूले आफ्नो जीवन देख्नसक्ने परिस्थिति निर्माणका लागि सरकारले सम्भव पहल लिने विश्वास दिलाउँदै आ–आफ्नो क्षेत्रबाट जिम्मेवारपूर्ण भूमिका गर्नसमेत सम्वद्ध सबैमा अपील गर्दछु।’


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट