Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

महिन्द्र राय यादवको मन्त्रालय जिम्मेवारी हेरफेर


काठमाडौं, २४ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री महिन्द्र राय यादवको जिम्मेवारी हेरफेर हुने भएको छ । उनलाई वन तथा वातावरण वा खानेपानीमध्ये एक मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको स्रोतले जानकारी दियो ।

नयाँ मन्त्री नियुक्त र यादवको जिम्मेवारी परिवर्तन गर्न लागिएको हो । वर्तमान सरकारमा नेपाली कांग्रेसका नेता सुरेन्द्र आचार्य मन्त्री बन्दै छन् । स्रोतका अनुसार उनलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनाउन लागिएको हो ।

उनलाई आज मन्त्रीमा नियुक्त गर्ने तयारी छ । उनको पद तथा गोपनीयताको शपथ पनि आजै दिउँसो साढे १२ बजेका लागि निर्धारण गरिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । उनको नियुक्तिसँगै मन्त्री यादवको जिम्मेवारी हेरफेर गरिनेछ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट