Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रतिनिधिसभा सदस्यहरूले अब विद्युतीय हाजिरी गर्नुपर्ने


काठमाडौं, २४ वैशाख । प्रतिनिधिसभा सदस्यहरूले अब विद्युतीय हाजिरी गर्नुपर्ने भएको छ। आइतबार बिहान बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले यही अधिवेशनबाट नै विद्युतीय हाजिरीको व्यवस्था गर्ने निर्णय भएको हो ।

योसँगै अब सांसद्हरूले इलेक्ट्रोनिक हाजिरी गर्नुपर्नेछ । पहिले सांसद्हरुले हाजिरी रजिष्ट्रारमा गर्दै आएका थिए ।

सभामुख देवराज घिमिरेले बैठकमा सांसदहरूको हाजिरी संसद्को वेबसाइटमार्फत् सार्वजनिक गरिने जानकारी दिएका थिए । इहाजिरी हुँदा सांसद्हरूको संसद्मा उपस्थिती बढ्ने अपेक्षा लिइएको छ ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट