Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

हतियार खरिदमा म संलग्न छैनः रक्षामन्त्री खड्का


काठमाडौं, २५ वैशाख । उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले आफू हातहतियार खरिदमा संलग्न नभएको बताएका छन् ।

नेपाली सेनाले खरिद गर्न लागेको हातहतियार बन्दोबस्तमा आफ्नो नाम पनि मुछिएको भन्दै उपप्रधानमन्त्री खड्काले आफ्नो संलग्नता अस्वीकार गरेका हुन् ।

‘केही दिन देखि मेरो नाम समेत जोडेर केही संचारमाध्यममा नेपाली सेनाको हतियार खरिद सम्बन्धमा आएका विविध प्रकृतिका समाचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ खड्काले भनेका छन, ‘म रक्षामन्त्री भएदेखि रक्षा मन्त्रालयबाट हतियार खरिद सम्बन्धी कुनै निर्णय नभएको कुरा सबैमा प्रष्ट पार्न चाहान्छु ।’


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट