Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

प्रधानमन्त्रीले बोलाए सत्तासाझेदार दलको बैठक


काठमाडौं, २ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलको बैठक बोलाएका छन्। बैठक सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा दिउँसो साढे २ बजे बस्नेछ।

सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रधानमन्त्रीले सत्तासाझेदार दलको बैठक बोलाएको प्रधानमन्त्रीको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। सत्तासाझेदार दलमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आमजनता पार्टी र नागरिक उन्मुक्ति पार्टी छन्।

सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम र जेठ १५ गते बजेट ल्याउने तयारी गरेको छ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट