Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अपराधकर्ममा जोडिएको उच्च तह


काठमाडौं । सामान्यतः पत्याउनै पनि नसकिने काम भएको छ नेपालमा । दुई जना उपप्रधानमन्त्री भइसकेका नेताहरु, सरकारी सचिव, सेनाका अधिकारीहरुलाई पढाउने व्यक्ति समेत जोडिएर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका जाने प्रपञ्च रचेका रहेछन् । ती कीर्ते कार्यमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको छ । तर, विडम्बना ! ती लाज पचाएकाहरु आफ्नो अपराधकर्ममा प्रायश्चित गर्नेभन्दा पनि लुकीलुकी हिंड्ने र भाग्दाभाग्दै प्रहरीको फन्दामा परिसकेपछि विजयोत्सवको मुद्रामा हात हल्लाउँदै हिडेका छन् ।

भ्रष्टाचारका विरुद्ध यतिवेला नागरिक पूरै आन्दोलित छन् । प्रमुख राजनीतिक पार्टीका जनसंगठन समेत सडकमा छन् । भ्रष्टाचारीहरुलाई कडा कार्वाही गरियोस भनेर माग गरिरहेका छन् । पहुँचवाला, ठूलै हैसियतका व्यक्तिहरु भ्रष्टाचारमात्रै होइन नक्कली कागजात बनाएर मानव बेचविखन जस्तो अपराधमा जोडिएकाका कारणले ठूलै जनआक्रोस छ । एमाले अध्यक्ष केपी ओलीको कार्यकालबाट सुरु भएर शेरबहादुर देउवाको कार्यकालसम्म भएको यो नक्कली भुटानी शरणार्थी प्रकरणले ओली र देउवालाई समेत नैतिक चुनौती बनेको छ ।

पछिल्लोकालमा ओलीका दाहिने हात मानिएका माओवादी केन्द्र परित्याग गरेका एमाले पार्टी सचिव टोपबहादुर रायमाझी र देउवाका विश्वासिला नेता बालकृष्ण खाँडको प्रत्यक्ष संलग्नताले पनि यो प्रकरणलाई निकै चासोका साथ हेरिएको छ । प्रचण्डको नेतृत्वको गठबन्धन सरकारले यति ठूलो प्रकरणलाई तार्किक निश्कर्षमा तपुर्याउन सक्ला भनेर आशंकाका साथ हेर्ने जमात पनि धेरै छ ।

यो परिघटनामा नेका पार्टी सभापति देउवा पत्नी आरजू र खाँडकी पत्नी मञ्जूतिर समेत जोडिएको भन्दै नागरिकको तहबाट ठूलो आशंका र आलोचना गरिएको छ । सत्ता, शक्तिमा यिनीहरुको अनावश्यक बर्चस्व, हालीमुहालीका कारणले पनि शंका, चर्चा गर्नेलाई बल मिलेको छ । यो प्रकरण वाहिर आउने वित्तिकै मञ्जू खाण त फरार नै बनेकी छिन । उनी कतै सम्पर्कमा छैनन् ।

एमाले सचिव टोपबहादुर रायमाझीको त सुरुदेखि नै संलग्नताबारे चर्चा भयो । उनलाई बचाउन एमाले अध्यक्ष केपी ओली सुरुदेखि नै घुँडा धसेर लागे । तर, उनको पहल नाकाम भयो । रायमाझी प्रहरीको फन्दामा परिसकेका छन् ।
एउटा गजब त के छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले यो प्रकरणको जश लिने हास्यास्पद पहल गरेका छन् । उनी गृहमन्त्री बन्ने वित्तिकै परिचयपत्र घोटालामा जोडिएका थिए । जुन यो सरकारले खारेज गरिदियो । एमाले अध्यक्ष केपी ओलीले रवि लामिछानेलाई गृहमन्त्रालयमा लैजानका लागि मरिहत्ते गर्नु, गृहमन्त्रालय नपाएपछि सरकारमै नजाने रविको अडानमा कतै यी र यस्ता प्रकरणमा सफाइ पाउने मक्सद त थिएन ? काठमाडौंका चिया पसल, सामाजिक सञ्जालमा ब्यापक चर्चा चलिरहेको छ ।

एउटा गजब त के छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले यो प्रकरणको जश लिने हास्यास्पद पहल गरेका छन् । उनी गृहमन्त्री बन्ने वित्तिकै परिचयपत्र घोटालामा जोडिएका थिए । जुन यो सरकारले खारेज गरिदियो । एमाले अध्यक्ष केपी ओलीले रवि लामिछानेलाई गृहमन्त्रालयमा लैजानका लागि मरिहत्ते गर्नु, गृहमन्त्रालय नपाएपछि सरकारमै नजाने रविको अडानमा कतै यी र यस्ता प्रकरणमा सफाइ पाउने मक्सद त थिएन ? काठमाडौंका चिया पसल, सामाजिक सञ्जालमा ब्यापक चर्चा चलिरहेको छ ।

३० वर्षभन्दा लामो समयदेखि धेरै ठूलो मानवीय समस्याको रुपमा रहेको छ भुटानी शरणार्थी समस्या । सन् १९९० मा भुटानबाट नेपाली भाषी लखेटिएपछि भारत पहिला आए । तर, भारतले भुटानीलाई नेपालको झापाको मेची पुलमा जवर्जस्ती ल्याएर छाडिदिएपछि शरण खोज्दै उनीहरू नेपाल बसे ।

१९९२ सम्म लगभग एक लाख भुटानी नागरिकहरूलाई पूर्वी नेपालमा ल्याइयो । २००७ देखि अमेरिकासहित तेस्रो देशमा भुटानी शरणाथीहरुलाई पुनर्वासको व्यवस्था गरियो । करिब छ हजार शरणार्थीहरू, जसमध्ये अधिकांश वृद्धहरू नेपालमा रहेका छन् ।

नेपालमा बसेका यिनै भुटानी शरणार्थीहरुको नाममा नक्कली कागजात बनाएर अमेरिका पठाउन नेपालका उच्च कर्मचारीतन्त्र र केही राजनीतिज्ञ जोडिएका हुन् ।

बिचौलियाहरुले अमेरिका लैजाने भन्दै पाँचदेखि माथि रकम लिएका नक्कली भुटानी शरणार्थी बन्न खोजेकाहरुको भनाइ सार्वजनिक भएका छन् । एमाले नेता टोपबहादुर रायमाझी र नेपाली काँग्रेसका नेता बालकृष्ण खाँड यस परिघटनामा प्रत्यक्ष जोडिएको देखियो । यी दुवै जना उपप्रधानमन्त्री भइसकेका व्यक्ति हुन । अझ खाँड त पटकपटक कार्यवाहक प्रधानमन्त्री, रक्षा र गृह जस्तो महत्वपूर्ण समवेदनशील मन्त्रालय चलाएका व्यक्ति हुन । यो घटनामा पूर्व गृहमन्त्री रामबहादुर थापा वादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई पनि प्रत्यक्ष जोडिएको देखियो । उनी सेनाका अधिकारीहरुलाई पढाउने व्यक्ति समेत हुन ।

बिचौलियाहरुले झण्डै नौ सय नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गरी कागजात तयार गरेका थिए । यसैका लागि उनीहरुले पैसा उठाएका थिए ।

केपी ओली सरकारको निर्देशनमा तत्कालीन गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा विभिन्न कारणले शरणार्थी दर्ता प्रक्रियाबाट वञ्चित भएका भुटानका शरणार्थीहरूको विवरण सङ्कलन गर्न भन्दै गृहमन्त्रालयले कार्यदल बनायो ।

पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाका पूर्व स्वकीय सचिव केशव दुलाल र सानु भण्डारीले खाँडको कार्यकालमा पन्थी आयोगको प्रतिवेदनको आधारमा टेकेर कार्यान्वयनमा लगिएको बताइन्छ ।

उक्त गिरोहले पीडितसँग पटकपटक पैसा मागेर अमेरिकामा बसाइदिने आश्वासन दिएर नक्कली भुटानी पहिचान र कागजात बनाएर वास्तविक नेपालीलाई नक्कली शरणार्थी बनाए ।

नेपाल प्रहरीले बुधबार खाँडलाई पक्राउ ग¥यो भने रायमाझीलाई आइतवार साँझ गिरफ्तार गर्यो । पूर्व गृहमन्त्री रामबहादुर थापा वादलका छोरा प्रतिक थापा र इन्द्रजीत थारुका छोरा निरज राईलाई पक्राउ पूर्जी जारी गरे पनि उनीहरु अझै पक्राउ भएका छैनन् । रायमाझीका छोरा सन्दीप भने पक्राउ परिसकेका छन् । केशव दुलाल र सानु भण्डारी पनि हिरासतमा छन् ।

खाँड गृहमन्त्री भएको बेलामा ल्याइएका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका छन् । खाँड पक्राउ परेको खबर आएपछि एमालेले रायमाझीलाई बुधबार मात्रै पार्टी सचिवबाट निलम्बन गरेको थियो ।

आफ्नो पार्टी परित्याग गरिसकेका, कांग्रेस, एमाले नेताहरु संलग्न भएकाले मात्र छानबिनमा हस्तक्षेप नगरेको आरोप लगाए पनि गृहमन्त्री श्रेष्ठले त्यसलाई ठाडै अश्वीकार गरेका छन् । दोषी व्यक्ति हो, पार्टी होइन भन्दै उनले माओवादी केन्द्रका नेता नै दोषी भए पनि आफूले कार्वाही गर्ने बताए ।

प्रहरी अनुसन्धानले अहिलेसम्म सन्तुलनको भूमिका देखाएको छ । प्रधानमन्त्री र गृहमन्त्रीको इच्छाशक्तिले यसलाई तार्किक निश्कर्षमा पु¥याउने विश्वास लिइएको छ । नेपाली कांग्रेसको वहुसंख्यक पंक्ति यो घोटालालाई तार्किक निश्कर्षमा पु¥याउन सकारात्मक छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेले जस्तै घटनालाई विषयान्तर गर्ने, असहयोग गर्ने रवैया देखाएको भए सत्तारुढमा सबैभन्दा ठूलो दल नेकाले नचाहेको भए सरकारलाई बोल्ड कदम चाल्न अप्ठ्यारो नै पर्ने थियो ।

जेहोस, यो परिघटनाले नेपालको अन्तर्राष्ट्रिय छवि गम्भीर रूपमा धमिलिएको छ । भुटानी शरणार्थी प्रश्नमा यसको नैतिकताको आधार कमजोर भएको छ । नेपालका राहदानीलाई निगरानीमा राखिने सम्भावना पहिला भन्दा बढ्नेछ । यो मात्रैहोइन यस प्रकरणले नेपालमा रहेका भुटानी शरणार्थीहरूका साथै विश्वभर पुनस्र्थापित भएकाहरूको जीवनमा समेत नकारात्मक असर पर्नसक्छ ।

यो घटनाले के देखायो भने नेपालका कतिपय उच्च राजनीतिक नेता र उच्च अधिकारीहरु पद र पैसाका लागि जतिसुकै ठूला अपराध पनि गर्न नहिच्किचाउने रहेछन् । योसँगै सही राजनीतिक नेतृत्व आएमा अपराध गर्नेहरुलाई नछाड्ने रहेछन । समयबद्ध साप्ताहिकबाट


क्याटेगोरी : बिचार, राजनीति
ट्याग : #balkrishna, #breaking, #pakrau, #top bahadur

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट