Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

२०४८ सालदेखिकै सबै उच्च पदस्थहरुको सम्पत्ति छानबिनका लागि म तयार छुः प्रचण्ड


काठमाडौं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन माओवादी लडाकुलाई व्यवस्थापन गर्ने क्रममा राज्यकोषको अर्बौँ रुपैयाँ हिनामिना भएको भनेर उछालिएकोमा आपत्ति जनाएका छन्।

बिहीबार बसेको संसद् बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले पूर्वलडाकुका लागि राज्यले दिएको अर्बौँ रुपैयाँ हिनामिना भएको भन्दै गरेको प्रश्नको जवाफमा उनले यस्तो भनेका हुन्।

‘राज्यबाट लडाकुहरुलाई दिइएको रकम अडिट भएर टुंगो लागिसकेको छ। पटक पटक राजनीतिक आग्रहका रुपमा त्यसलाई यहाँ ल्याइएको छ’, उनले भने, ‘त्यस्तो केही छ भने म अझै पनि छानबिन गर्नुपरे तयार छु। २०४८ सालदेखिकै सबै उच्च पदस्थहरुको सम्पत्ति छानबिनका लागि म तयार छु।’

उनले भ्रष्टाचारका विषयमा सबै राजनीतिक तहमा संकल्प गरेर जाँदा छानबिन गर्न सकिने उनले बताए। ‘पटक पटक माओवादी लडाकुका क्यान्टोनमेन्टको कुरा उठिरहन्छ। क्यान्टोनमेन्टको भ्रष्टाचारको कुरा कपोलकल्पित छ’, उनले जवाफमा भने, ‘यदि उजुरी परेर छानबिनबाट दोषी ठहरिए म आफैँ जेल जान तयार छु।’

 


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट