Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मधेसले बजेट नपाएको भन्दै सांसद अमरेशकुमार सिंहको आपत्ति


काठमाडौं, ८ जेठ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले मधेसले बजेट नपाएको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले मन्त्री, प्रधानमन्त्री जहाँका बन्छन्, त्यहाँ मात्र बजेट जाने विडम्बना देशमा रहेको बताए ।

“गएको वर्ष पनि यही गठबन्धनको सरकार थियो । अर्थमन्त्री रुकुमका थिए, त्यहीँ बजेट गयो । गठबन्धनका पार्टनर थिए देउवा, डडेलधुरामा बजेट गयो । चितवनभन्दा पूर्व त बजेट झर्दै झरेन । यसपालि पनि संयोगले गोरखासम्म बजेट पुग्ला, त्यहाँभन्दा पूर्व त बजेट जाने सम्भावना नै छैन,” उनले भने, “त्यसकारण हामी मधेसकाले चित्त बुझाउनुपर्छ कि, यो देश हाम्रो लागि बनेको पनि हैन । बजेट पनि जाँदैन त्यहाँ ।”

उनले प्रधानमन्त्री र अर्थमन्त्री परिवर्तन हुँदा कर्मचारी सरुवा भए पनि कम्युटर किन परिवर्तन नगरेको ? भन्दै प्रश्न गरे । सोही कारण कर्मचारीले कपी पेस्ट मात्र गरेको भन्दै उनले आपत्ति जनाए । नीति एकातिर, कार्यक्रम अर्कोतिर र नियत अर्कैतिर भएको रहेको उनको भनाइ छ ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट