Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

‘बा’लाई खुसी पार्न ‘बैगुनी कमरेड’ ले जनयुद्ध शब्दमाथि टिप्पणी गरेको सांसद माधव सापकोटाको आरोप


काठमाडौं, ८ जेठ । केही समयअघि नेकपा एमालेका संसाद योगेश भट्टराईलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘त्यो बैगुनी’ केटो भन्दै धारे हात लगाएका थिए । सोही शव्दबाँणको सापटी लिँदै आज सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले योगेश भट्टराईलाई संसद्मै ;बैगुनी कमरेड’ भन्दै व्यङ्ग्य गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सापकोटाले ‘बा’लाई खुसी पार्न भट्टराईले जनयुद्ध शब्दमाथि टिप्पणी गरेको आरोप लगाए ।

“बालाई खुसी पार्न आफ्नो निष्ठा बन्धकी राखेर व्यङ्ग्य गर्ने बैगुनी कमरेडलाई भन्न चाहान्छु, जनयुद्ध महान क्रान्ति थियो । गर्वका साथ यो रोस्टमबाट जनयुद्ध जिन्दावाद भन्न चहान्छु,” उनले भने, “बीपी कोइरालाको राजा महेन्द्रसँग निकै ठूलो टकराब पर्ने बेलामा उहाँले एकदिनको डायरीमा कोटेसन लेख्नुभएको रहेछ, हुन त ज्ञान पनि पूर्ण त हुँदैन तर पनि नियतिमा भन्दा पनि ज्ञानमै  बढी निर्भर रहनुपर्छ जिन्दगी ! म एकपटक बैगुनी कमरेडलाई बीपीको डायरी अध्ययन गर्न अनुरोध गर्दछु ।”

उनले ओलीले हेडमास्टरको शैलीमा नीति तथा कार्यक्रम फिर्ता लिन र पुनर्लेखन गर्न भनेको पनि बताए ।

योगेश भट्टराईलाई देवेन्द्र पौडेलेको जवाफः तपाइँको नेताले हस्ताक्षर गरेको १२ बुँदे सहमति बिर्सिनुभयो? मान्छेले लडेको युद्धलाई जनयुद्ध नभनेर के भन्ने?


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #madhav sapkota

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट