Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

नीति तथा कार्यक्रम नेपाली जनतालाई आशा जगाउने खालको छ: हितराज पाण्डे


काठमाडौं, ९ जेठ । नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले नीति तथा कार्यक्रम नेपाली जनतालाई आशा जगाउने खालको भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा पाण्डेले आपसी छेडछाड नगरी कामका लागि प्रतिस्पर्धा गर्नुपर्ने बताएका हुन्।

उनले जनताको सङ्घर्ष र बलिदानबाट आएको संघीय गणतन्त्रलाई संस्थागत गर्दै शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्नुपर्ने बताए।

उनले भने, ‘हामीले संघीय लोकतान्त्रिक गणतन्त्र जसरी ल्यायौं, महान् सहिदको रगतले हामी यहाँसम्म आइपुगेका छौं। १२ बुँदे र शान्ति प्रक्रियालाई बिर्सन हुँदैन।’ उनले नेपाली जनताले हेरिरहेका छन्, भ्रष्टाचार के भएको छ भन्दै प्रश्न गरे।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट