Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय विशेष समिति बनाएर छानबिन गर्न रविको माग


काठमाडौं, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले राज्यका निकाय र अनुसन्धान गर्ने अधिकारीका प्रमुखहरूको नाम आइरहँदा सामान्य सोधपुछसमेत नगरिएको भन्दै विशेष समिति बनाउन माग गरेका हुन्।

‘यो अँध्यारो कोठा र गल्लीमा भएका क्रियाकलाप छ। बालुवाटार, सिंहदरबार मन्त्री क्वार्टरमा लेनदेन भएका कुरा आइरहेका छन्। यहाँ कसलाई विश्वास गर्ने? विश्वासको वातावरण बन्द भएको छ। संसदीय विशेष समिति बनाएर छानबिन होस् ‘, उनले भने।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #hot, #rabi lamichhane

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट