Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

सांसद विकास कोष कुनै पनि हालतमा ब्यूँत्याउन हुँदैन, यो नीतिगत भ्रष्टाचार होः सांसद सुमना श्रेष्ठ


काठमाडौं, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सांसद विकास कोष कुनै पनि हालतमा ब्यूँत्याउन नहुने बताएकी छिन् । बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सांसद विकास कोष नीतिगत भ्रष्टाचार भएको बताइन् ।

सांसद विकाष कोष ब्यूँताए आफ्नो पार्टीले कडा प्रतिरोध गर्ने बताउँदै उनले भनिन्, ‘२०७६ देखि हामीले संसद् विकास कोष भनेर १७ खर्ब खर्च गरिसक्यौँ । रोष्टममा जाँदाखेरि भ्रष्टाचारविरोधी कुरा गर्ने, तर पछि गएर पिटिसनमा चाहिँ सांसद विकास कोष ब्यूँताउनुपर्छ भन्ने ? यो नीतिगत भ्रष्टाचार हो । रास्वपा यसको विरोध गर्छ । त्यो ब्यूँताउनु हुँदैन ।’

उनले सभामुखसँग यसमा रुलिङ गर्न समेत माग राखिन् ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट