Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

प्राप्त अधिकारको संरक्षण गर्न गणतन्त्रलाई थप बलियो बनाउन आवश्यकः मन्त्री शर्मा


काठमाडौं, १५ जेठ । गणतन्त्रका कारण जनताको सर्वोच्चता प्राप्त भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छिन् । गणतन्त्र दिवस, २०८० को अवसरमा शुभकामना सन्देश दिँदै उनले प्राप्त अधिकारको संरक्षण गर्न गणतन्त्रलाई थप बलियो बनाउन आवश्यक रहेको र अधिकार जनतासम्म पुर्‍याउँदै राज्यलाई समुन्नत बनाउन सबैको सहकार्य जरुरी भएको बताएकी हुन् ।

गणतन्त्र दिवस, २०८० को अवसरमा सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी, दाजुभाइहरूमा हार्दिक बधाईसहित शुभकामना व्यक्त गरेकी छिन् । नेपालमा २४० वर्षे राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको १५ वर्ष पूरा भएको छ । यो वर्षको गणतन्त्र दिवसलाई १५ वर्षको समीक्षासहित मनाउँदै छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot, #rekha sharma

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट