Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

भारतको विवादास्पद भित्तेचित्रले नेपाललगायत छिमेकी देशमा कूटनीतिक विवाद निम्त्याउन सक्छः बाबुराम भट्टराई


काठमाडौं, १६ जेठ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भारतको नयाँ संसद भवनमा अखंड भारतको विवादास्पद भित्तेचित्रले नेपाललगायत छिमेकी देशमा कूटनीतिक विवाद निम्त्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

गत आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको नयाँ संसद् भवनमा नेपाली भूभागसमेत समेटेर अखण्ड भारतको नक्सा अंकित गरिएपछि विवाद सतहमा आएको हो। उक्त नक्सामा अखण्ड भारत भन्दै नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशीलासम्मका भूभाग समेटिएका छन्।

भारतको हिन्दुवादी संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले अखण्ड भारतको धारणाले भौगोलिक अविभाजित भारतको प्रतिनिधित्व गर्ने बताउँदै आएको छ।

तर, नेपाली भूमिलाई अखण्ड भारतको नक्सामा अंकित गरिएको विषयमा नेपालको कुनै औपचारिक प्रतिक्रिया आएको छैन। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा भएको यो क्रियाकलापबारे प्रधानमन्त्रीले भारतीय पक्षबाट स्पष्टीकरण माग्नुपर्ने कुटनीतिज्ञले विरोध जनाएका छन्।
पूर्व प्रधानमन्त्री भट्टराईले यसले भारतका निकटतम छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई बिगारेको पनि उल्लेख गरेका छन्। उनले भारतीय राजनीतिक नेतृत्वले यस भित्तेचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै बताउनु पर्ने उल्लेख गरेका छन्।

भारतले यसअघि २०७६ सालमा पनि नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेट्दै नक्सा सार्वजनिक गरेको थियो। त्यसपछि नेपालले पनि ती क्षेत्रलाई समेट्दै नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल र भारतबीचको सम्बन्ध चिसिएको थियो।

 


क्याटेगोरी : राजनीति
ट्याग : #baburam bhattarai, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट