Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

भारत भ्रमणमा जानु अगाडि बालुवाटारमा चिनियाँ उच्चअधिकारीसँग प्रधानमन्त्रीको भेटवार्ता


काठमाडौं, १७ जेठ । भारत भ्रमणमा जानु अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ उच्चअधिकारीसँग भेटवार्ता गरेका छन्। बुधबार बिहान बालुवाटारमा पुगेका चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारीसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता जारी रहेको स्रोतले जनाएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ स्यावहोइको नेतृत्वमा आएको १४ जनाको टोली नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका हुन्।

भैटमा नेपाल–चीनबीचको पारस्परिक सम्मान, समानता र आपसी हितका आधारमा द्विपक्षीय सहयोग, मुलुकको आर्थिक विकास र समुन्नतिका लागि आर्थिक सहयोग र बीआरआईको विषयमा पनि छलफल हुने स्रोतको भनाई छ।

उनीहरु मंगलबार राती सिंगापुर एयरलाइन्सबाट काठमाडौं आइपुगेका हुन्। भारत भ्रमण अगाडि चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारीसँगको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ।

पुस १० गते एमालेको नेतृत्वमा बनेको गठबन्धनबाट प्रधानमन्त्री बनेका दाहाल चैतको १४ देखि १७ सम्म चीनको बेइजिङबाट ‘बोआओ फोरम फर एसिया’का लागि निम्तो आएपछि जाने तयारी गरेपनि कांग्रेस–माओवादीको नयाँ गठबन्धन बनेपछि अन्तिममा चीन नजाने सन्देश पठाएका थिए।

सरकारको नीति तथा कार्यक्रमका विषयमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिसभा बैठकमा चिनियाँ राजदूतकै कारण बोआओ फोरममा सहभागी नभएको बताएपछि लगत्तै चिनियाँ राजदूत छन् सोङले भेटेर सदनमा दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्रीसँग आपत्ति जनाएका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #hot, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट