Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीले गरे एकीकृत जाँच चौकीको संयुक्त उद्घाटन


काठमाडौं, १८ जेठ । नेपालगन्जमा निर्माण सम्पन्न भएको एकीकृत जाँच चौकी उद्घाटन भएको छ। बिहीबार दिउँसो हैदरावाद हाउसबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकीकृत जाँच चौकीको संयुक्त उद्घाटन गरेका हुन्।

अन्तर्राष्ट्रिय व्यापारमा महत्त्वपूर्ण पूर्वाधार भनिने एकीकृत जाँच चौकीमा नेपाल र भारत दुवैपट्टि एकै किसिमका पूर्वाधार हुनेछन्। जाँच चौकी भारत सरकारले बनाइदिएको हो।

जाँच चौकी नेपालगन्ज र भारतको रूपइडियामा अवस्थित छ। नेपाल इन्टरमोडल यातायात विकास समितिकार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार नेपालतिर ६० बिघामा फैलिएको जाँचचौकीमा पार्किङ, गोदाम, भन्सार भवन, क्वारेन्टिन भवन, नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यालय, बैंक, भन्सार एजेन्ट, तौल नाप्ने पुल आदि पूर्वाधार तयार भएको हो।

नेपाल भारत सीमामा वीरगन्ज, विराटनगर र भैरहवामा एकीकृत जाँच चौकी सञ्चालनमा छन्।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #prachanda modi

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट