Techie IT
  • १६ वैशाख २०८१, आईतबार
Jhilko

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णय सच्याउन गगन थापाको माग


काठमाडौं, २४ जेठ । सत्तासीन दल नेपाली कांग्रेसका सांसद गगन थापाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव सरकारले सच्याउनुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सरकारको उक्त प्रस्तावको आलोचनासमेत गरे ।

‘बजेटमा प्रस्तावित जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने र यसको काम जिल्ला प्रशासनमा सार्ने कार्यान्वयन भयो भने निर्वाचन आयोगको भूमिकालाई यसले संकुचित पार्छ र काम प्रभावित गर्छ,’ उनले भने ।

जिल्ला प्रशासनले गर्ने काम कार्यकारीको हस्तक्षेपबाट मुक्त हुन नसक्ने बताउँदै थापाले भने, ‘खर्च कटौतीको कोणबाट हेर्दा वार्षिक १५ करोड रुपैयाँ बचत हुने देखिन्छ । के हामी १५ करोड रुपैयाँ बचत गर्न निर्वाचनको निष्पक्षतामा सम्झौता गर्नुपर्ने अवस्थामा पुगेको हौँ ?’

सरकारले आगामी आर्थिक वर्षको बजेटमा देशभरका जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव गरेको थियो । संसदमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि छलफल गरिने कार्यसूची छ ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #gagan thapa

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट