Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

गगनले विश्वको साथ छोडे कि विश्व काज फिर्ता भए ?


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको जोडी नेपाल विद्यार्थी संघको राजनीति गर्दाताकादेखि नै हो । खासमा विश्वको उत्तराधिकारीका रुपमा गगनलाई लिने गरिन्थ्यो नेपाल विद्यार्थी संघको राजनीतिमा । तर, १३ औं महाधिवेशनपछि यी दुई नेताको सम्बन्ध त्यति सहज र राम्रो भएन । तर, १४ औं महाधिवेशनमा फरकफरक गुटबाट महामन्त्री निर्वाचित भए पनि महाधिवेशनको मैदानमा विश्व–गगन अर्थात ‘विग’ (द्यक्ष्न्ब्) को नारा लगाएका थिए । त्यही कारणले उनीहरुको सम्बन्ध १४ औं महाधिवेशनपछि समधुर भयो । डा. शेखर कोइरालाको समूहबाट महामन्त्री बनेका गगन थापालाई कोइराला समूहबाट बाहिर निकाल्नका लागि विश्वप्रकाशले ठूलो भूमिका निर्वाह गरे । जसका कारणले संसदीय दलको निर्वाचनमा डा. शेखरलाई रोकेर गगन आफै संसदीय दलको नेताको प्रतिष्पर्धामा सभापति शेरबहादुर देउवासँग उत्रिए ।

महाधिवेशनदेखि संसदीय दलको चुनावका बेलासम्म गगन र विश्वलाई उपसभापति पूर्णबहादुर खड्काको इशारामा चल्ने गरेको काँग्रेस कार्यकर्ताहरुमा चर्चा चल्ने गर्दथ्यो । महाधिवेशनमा उपसभापति खड्काले महाधिवेशनका बेलामा डा. प्रकाशशरण महतलाई हराउनका लागि गगन र विश्वलाई सहयोग गरेका थिए । खड्काको योजना अनुरुप नै गगनलाई डा. शेखरको साथबाट अलग्याउनका लागि विश्वप्रकाश प्रयोग भएका थिए । सोही अनुरुप अहिले गगन र विश्वप्रकाशको एउटै बोली देखिदैन । अहिले गगन सभापति देउवाको उग्र विरोध गरेर हिडिरहेका बेलामा विश्व भने चुपचाप छन् ।

अहिले गगनले सभापति देउवाको चर्को विरोध गरिरहँदा विश्व मौन भएकाले कांग्रेस कार्यकर्ताबीचमा गगनले विश्वको साथ छोडे कि विश्व काज फिर्ता भए भन्ने चर्चा चल्न सुरु भएको छ ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #bishwo prakash sharma, #gagan thapa

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट