Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सामन्तकालमा दमनकारी चरित्र बोकेको राज्य अहिले लुटकारी बन्न पुग्योः प्रभु साह


काठमाडौं, २८ जेठ । आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य प्रभु साहले सामन्तकालमा दमनकारी चरित्र बोकेको राज्य अहिले लुटकारी बन्न पुगेको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै उनले करका दर बढाएर आलुप्याजसम्म पुर्‍याइएको भन्दै कटाक्ष गरेका हुन्।

‘तपाईं करको दर बढाएको बढायै गरिराख्नु भएको छ। कहाँसम्म पुर्‍याउनु भएको छ भने किसानहरूको ढाड भाँच्ने गरी पुर्‍याउनु भएको छ। यस्ता कुराहरूले कसरी समृद्धि आउँछ? सरकारले आशा जगाउनुपर्ने हो, लोकतन्त्रमा त राज्यको चरित्र सेवाकारी, सहयोगी हुनुपर्ने हो, तर चुस्ने, लुट्ने चरित्र देखा पर्छ। एउटा कृषक घाटामा पर्छ, त्यहाँ उभिनुहुन्न, जब नाफा गर्छ अनि कर लगाइदिनु्हुन्छ। कुखुरा फार्म टाट पल्टिएको बेला राज्य हुँदैन। तर, उसले नाफा गर्छ त्यसमा कर लगाइदिनुहुन्छ। गाइ फार्म जब रोग, प्रकोपले घाटामा पर्छ त्यतिबेला तपाईंको उपस्थिति हुँदैन, तर जब ऊ नाफामा हुन्छ तपाईंको उपस्थिति हुन्छ। यो चरित्रलाई के भन्छरु सहयोगी चरित्र भन्छ?,’ उनले भने।

राज्य लुटकारी बनेको र जति सकिन्छ लुट भन्ने चिन्तन हाबी भएको उनको आरोप थियो। यस्तो सोचले कहाँ पुग्ने भन्ने प्रश्न उब्जाएको उनको भनाइ थियो।

पहिलो तराई–मधेस सुगम भएको, दुई तिहाइ आर्थिक योगदान गर्ने तर अहिले पछाडि पारिएको उनले बताए।


क्याटेगोरी : राजनीति
ट्याग : #prabhu shah

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट