Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

दुई मन्त्रालयको माग गर्दै रेशम चौधरीले भेटे प्रधानमन्त्री


काठमाडौं, २९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। टीकापुर घटनामा आममाफी पाएपछि चौधरीले सोमबार बालुवाटारमा प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन्।

भेटवार्तामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ पनि सहभागी थिइन्। सुदूरपश्चिम प्रदेशमा पूर्वसहमतिअनुसार दुई मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने भन्दै चौधरीले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका थिए। दुई मन्त्रालय नपाएपछि नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएको छैन।

उनले टीकापुर घटनामा थारूहरू अन्यायमा परेको भन्दै न्याय दिलाउन सरकारसँग माग गरे। उनले अझै टीकापुर घटनामा निर्दोष थारूहरु जेलमा रहेको भन्दै रिहाइका लागि अनुरोध गरे। उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेर निर्दोष थारूहरुलाई न्याय दिनुपर्ने सुझाव दिएका थिए।

प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई भनेबमोजिमको मन्त्रालय उपलब्ध गराउन आफूले पहल गर्ने बताएका थिए। उनले टीकापुर घटनाका निर्दोषहरूलाई पनि न्याय पाउनुपर्ने बताएका थिए।


क्याटेगोरी : राजनीति, सुदूरपश्चिम प्रदेश
ट्याग : #resham chaudhary

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट