Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

जनयुद्धमा सामेल नभएका व्यक्तिहरूले प्रधानमन्त्री प्रचण्डविरुद्ध मुद्दा हाले


काठमाडौं, २९ जेठ । नेकपा (माओवादी केन्द्र) का सचिव तथा सांसद देवेन्द्र पौडेलले जनयुद्धमा सामेल नभएका व्यक्तिहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुविरुद्ध मुद्दा हालेको आरोप लगाएका छन् ।

सोमबार संघीय संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचिव पौडेलले जनयुद्धमा सामेल नभएका र जनयुद्धप्रति अपनत्व नभएकाहरूले प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका बताएका हुन् ।
उनले नेपालको शान्ति प्रक्रियालाई भाँड्ने तत्वहरूले मुद्दा हालेका बताए । उनले शान्ति प्रक्रिया भाड्नका लागि माओवादी केन्द्र पार्टीलाई शान्ति प्रक्रियाबाट पछि फर्काउने हर्कत गरिएको बताए ।

उनले माओवादीका विरुद्धमा मुद्दा हालेर देश शान्ति, अमनचयन र सुशासनको अध्यायमा प्रवेश गर्न नसक्ने उल्लेख गरे । सचिव पौडेलले शान्ति प्रक्रियाका बाँकी कार्यभारहरू पूरा गर्नु सबैको कर्तव्य र दायित्व भएको बताए ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #debendra paudel

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट