Techie IT
  • १७ फागुन २०८०, बिहीबार
Jhilko

माओवादीका दुई युवा सांसद राजन दाहाल र माधव सापकोटाको चर्चा


यतिबेला संघीय संसदमा आर्थिक वर्ष २०८०/८१ को बजेटका विषयमा छलफल जारी छ । बजेटका विषयमा गम्भिर रुपले छलफल केन्द्रित हुनुपर्नेमा सांसदहरु बहकिँदै विषय अन्यत्रै मोडिरहेका छन् । सांसदहरु एक आपसमा आरोप प्रत्यारोपमा समेत उत्रिएका छन् । सभामुख देवराज घिमिरेले संसद बैठक सञ्चालनको नियमावलीभन्दा बाहिर गएर केही सांसदहरुलाई बोल्न दिएको अरोप पनि लाग्न थालेको छ ।

विशेषतः नेकपा (माओवादी केन्द्र) कोे सिन्धुपाल्चोकबाट प्रतिनिधि सभामा निर्वाचित सांसद माधव सापकोटा (सुबोध) र सिन्धुलीबाट निर्वाचिन सांसद लेखनाथ दाहाल (राजन) अहिले देशव्यापी रुपमा चर्चाका पात्र बनेका छन् । उनीहरुले संसदमा चर्को गर्जनकासाथ प्रतिपक्षी दलका सांसदहरुले राखेका विषयमाथि प्रतिवाद गरिरहेका छन् । अझ जुम्लाबाट विजयी राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले संसद बैठकमा नियमापत्ति भन्दै बोलेका विषयमा माओवादी केन्द्रका यी दुई युवा सांसदहरुले चोर्को स्वरमा बिरोध जनाएका छन् । चाहे संसद बैठक भित्र सम्बोधन गर्दा होस् या संसद बैठक सकेर पत्रकाहरुसँग प्रतिकृया दिँदा होस् राजन र सुबोधलाई मिडियार्मीहरुले घेर्ने गरेका छन् । उनीहरुले बोलेका विषय र तर्कले राष्ट्रिय रुपमै तरंग पैदा गरेको छ । उनीहरुको युवा जोश वास्तबमै लोभलाग्दो छ, प्रस्तुत गरेका तर्कहरु पनि संसद नियमालिमा आधारित छन् ।

यसै सन्दर्भमा सांसद लेखनाथ दाहाल (राजन)ले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई संसदमा राजतन्त्रको वकालत नगर्न चेतावनी दिएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहाल राप्रपा प्रमुख सचेतक शाहीले संसद बैठकमा अराजकता देखाएको बताउँछन् । भन्छन्, ‘यो संसदले राजतन्त्रलाई चिन्दैन, शाहीलाई संविधान र गणतन्त्र मान्न आग्रह गर्छु ।’

उनले संसद् राजसंस्थाको पैरवी गर्ने ठाउँ नभएको भन्दै रत्नपार्क र जुम्लामा गएर राजसंस्थाको पक्षमा आमसभा गर्नसमेत चेतावनी दिए । सांसद दाहालले शाहीले प्रतिनिधिसभा बैठकको अन्तिममा नियमापत्ति गरेर आफ्नो कुरा राखेकोप्रति असन्तुष्टिसमेत व्यक्त गरे । दाहाल भन्छन्, ‘शाहीले संसदीय नियमावलीभन्दा बाहिर गएर बोलेका छन्, सभामुखले समेत नियमावलीभन्दा बाहिर गएर शाहीलाई बोल्न दिए ।’ दाहालले संसद बैठक सञ्चालन गर्न सभामुखले कमजोरी गरिरहेको भन्दै आफ्नो कमजोरी सच्याउन पनि आग्रह गरे । उनले थपे, ‘हामीलाई राजसंस्था चाहियो भनेर शाहीले आफ्नो मुद्दा रत्नपार्क वा जुम्लामा गएर राख्न सक्छन्, सदन आफ्नो मुद्दा राख्ने ठाउँ होइन, आफ्नो मुद्दाको पैरवी गर्ने ठाउँ होइन, त्यो पनि राजसंस्थाको, उनी राजतन्त्रका मतियार हुन् ।’

माओवादी केन्द्रले आमनिर्वाचनामा प्रत्यक्षतर्फ प्रतिनिधि सभामा जम्मा १८ सिट मात्र जितेको छ । केही मानिसहरु माओवादी सत्ता केन्द्रित भयो, आफ्नो मुद्धा छोड्यो, नातवाद र कृपावादमा चुर्लुम्म डुब्यो आदि भनेर आरोप लगाइरहेका बेला अहिले सदनबाट दाहाल र सापकोटाले जुन प्रतिकार र प्रतिवाद गरिरहेका छन् यसले माओवादी कमजोर छैन, आफूले लडेर प्राप्त गरेको संघीयता, समावेशीता, धर्मनिरपेक्षता र समाजवादउन्मुख जस्ता राष्ट्रका उपलब्धि जगेर्नामै लागिरहेको छ भन्ने पुष्टि गर्छ । संसद जितेर भत्ता मात्र पचाउने गलत परिपार्टीकाविरुद्ध यी दुई सांसदहरुको गर्जनले जनतामा नयाँ उर्जा र आशा ल्याउने काम गरेको छ । त्यसोतः अघिल्लो पटक नेकपा (माओवादी केन्द्र) सिन्धुलीबाट प्रतनिधि सभा सदस्यमा विजयी सांसद हरिवोल प्रसाद गजुरेलले आफू संसद बैठकमा नबोल्ने बताएका थिए । उनले भन्ने गरेका थिए, ‘सदनमा सबै पुरानै धङधङी बोकेका सांसदहरु छन्, म एउटाले मात्र बोलेर के हुन्छर? त्यसैले म संसद बैठकमा बोल्दिन ।’

यसअघि राजन दाहालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानन्त्री भएका बेला प्रसिद्ध धार्मिकस्थल पशुपतिनाथको मन्दिरमा सुनको जलहरी लगाउँदा भ्रष्टाचार भएको विषय सदनमा बोल्दा यो राष्ट्रिय बहसको विषय बनेको थियोे । महालेखा परीक्षकको प्रतिवेदनलेसमेत पशुपतिको सुनको जलहरीमा घोटाला भएको प्रतिवेदन सार्वजनिक गरेको दृष्टान्त पनि दाहालले पेस गरेका थिए ।

यता सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले बजेटकै कारण सरकार नढल्ने बताएका छन् । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (समाजवादी)का केही सांसदहरुले बजेटको विरोध गरिरहेका बेला उनी सोही कारण सरकार नढल्ने बताउँछन् । आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद सापकोटाले बजेटको विषयलाई लिएर सत्तारुढ गठबन्धन भित्र केही गुनासो भएको र त्यसलाई सम्बोधन गरेर अघि बढ्ने पनि बताए ।

उनले भने, ‘आपसी संवादका माध्यमबाट भारतसँग हाम्रा असमझदारीका कुराहरु हल गरिनु पर्छ । समाधान गरेर जानु पर्छ । भारतले नेपालको भूमी समेटर नक्सा बनाउने कार्य ग¥यो, त्यो गलत नै गरेको छ । आजको विश्व प्रतिस्पर्धामा त्यसलाई विचार गरेर, वरपरका सबै छिमेकीहरुलाई विश्वासमा लिएर जाने गरी विशाल हृदयका साथ भारत अगाडि बढनु पर्छ । सरकार ढल्दैन । बजेट र त्यसमा पनि विनियोजनको बारेमा सत्ता गठबन्धनभित्र केही गुनासोहरुको विषय छलफलमा छ । मलाइ लाग्छ, यो बैठकमा अन्तिमसम्म जाँदाखेरी गठबन्धन भित्र छलफल गरेर यसको हल हुन्छ ।’

यसअघि सांसद सापकोटाले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिन सरकारले गरेको निर्णयका विषयमा प्रतिपक्षी दल एमाले, राप्रपा, नेमकिपा लगायतका दलहरुलाई आफूहरुले लडेको जनयुद्धलाई नदुत्कार्न चेतावनीसमेत दिएका थिए । उनले अयोग्य लडाकुहरुलाई सर्वोच्चले रकम दिनु भनि गरेको निर्णय सरकारले कार्यान्वयन गर्न खोज्दा प्रतिपक्षी दलहरुले गरेको बिरोधमा रोष्टमबाटै उठेर गर्बका साथ ‘जनयुद्ध जिन्दावाद’ भनेका थिए । एमालेका सांसद योगेश भट्टराईलाई ‘बैगुनी कमरेड’ भनी सम्बोधन गरेका थिए ।

माओवादी अध्यक्ष तथा प्रधाानमन्त्री प्रचण्ड बेला बेलामा भन्ने गर्छन्, ‘अरुले पिठो बेचे, हामीले चामल पनि बेच्न सकेनौँ ।’ यसको अर्थ के हो भने माओवादीले आफूले गरेका राम्रा कामको उचित प्रचार प्रसार गरेर जनतालाई प्रस्ट्याउन नसक्दा त्यसको फाइदा अन्य दलहरुले लिइरहेका छन् । त्यसैले अव पिठो बेच्ने होइन, चामल बेच्न माओवादीले सिक्नुपर्छ । हिजो युद्धका बेलामा गर्जिजस्तै गरी माओवादी सदन, सडक र जनताका घर-आँगनमा पुगेर गर्जिन, जनता ब्युँझाउन, जागृत गर्न, चेतना भर्न र अभिप्रेरणा दिन सक्नु पर्छ । माओवादीलाई अल्छी बन्न छुट छैन । माओवादीका दुई युवा सांसद दाहाल र सापकोटा जस्तै अन्य सांसदहरु पनि उत्तिकै खरोसँग प्रतिवादमा उत्रनु पर्छ ।

माओवादी केन्द्रले आमनिर्वाचनमा प्रत्यक्षतर्फ प्रतिनिधि सभामा जम्मा १८ सिट मात्र जितेको छ । केही मानिसहरु माओवादी सत्ता केन्द्रित भयो, आफ्नो मुद्धा छोड्यो, नातवाद र कृपावादमा चुर्लुम्म डुब्यो आदि भनेर आरोप लगाइरहेका बेला अहिले सदनबाट दाहाल र सापकोटाले जुन प्रतिकार र प्रतिवाद गरिरहेका छन्, यसले माओवादी कमजोर छैन, आफूले लडेर प्राप्त गरेको संघीयता, समावेशीता, धर्मनिरपेक्षता र समाजवादउन्मुख जस्ता राष्ट्रका उपलब्धि जगेर्नामै लागिरहेको छ भन्ने पुष्टि गर्छ । संसद जितेर भत्ता मात्र पचाउने गलत परिपार्टीकाविरुद्ध यी दुई सांसदहरुको गर्जनले जनतामा नयाँ उर्जा र आशा ल्याउने काम गरेको छ । त्यसोतः अघिल्लो पटक नेकपा (माओवादी केन्द्र) सिन्धुलीबाट प्रतनिधि सभा सदस्यमा विजयी सांसद हरिवोल प्रसाद गजुरेलले आफू संसद बैठकमा नबोल्ने बताएका थिए । उनले भन्ने गरेका थिए, ‘सदनमा सबै पुरानै धङधङी बोकेका सांसदहरु छन्, म एउटाले मात्र बोलेर के हुन्छर? त्यसैले म संसद बैठकमा बोल्दिन ।’

वास्तबमा संसद बैठकमा बोलेरै जनताका हक, अधिकार सुनिष्चित गर्ने हो, नयाँ नियम कानुन बनाउने हो । नबोल्ने हो भने जनप्रतिनिधि बन्नुको के अर्थ? मिथ्या आरोप र आफू सम्बद्ध दल भित्रकै गलत निर्णयकाविरुद्ध निरन्तर प्रतिवाद गर्नु पनि सांसदहरुको कर्तव्य हो । सत्य र सही कुरा बोल्दा आफू आलोचित भइन्छ भने पनि बोलिरहनु पर्छ । तर बोलिमा स्पष्टता भने हुनु पर्छ । अझ, परिवर्तनको अजेण्डा बोकेर अगाडि बढिरहेको माओवादी केन्द्रले त पश्चगामी र प्रतिगामीहरुका हरेक बोली र शब्दको चेकजाँच गरेर गतिलो र तर्कपूर्ण आवाज बुलन्द पार्नु पर्छ । सत्ता र पद भनेका अस्थायी बस्तु हुन् तर सही विचार छ भने आफू यस धर्तीमा नरहे पनि त्यो निरन्तर बाँचिरहन्छ ।

 

 


क्याटेगोरी : बिचार, राजनीति
ट्याग : #maobadi, #rajan dahal madhav sapkota

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट