Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

संघीय शिक्षा ऐन चाँडो ल्याउन आवश्यकः सभामुख घिमिरे


काठमाडौं, ३२ जेठ । सभामुख देवराज घिमिरेले संघीय शिक्षा ऐन चाँडो ल्याउन आवश्यक रहेको बताएका छन्। बिहीबार कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) को आठौँ संस्करणको उद्घाटन गर्दै उनले यस्तो बताएका‍ हुन्।

उनले अहिले संसद चालु रहेकाले सरकारले छिटो ढंगबाट संघीय शिक्षा ऐन ल्याउने आशा गरेको उनले बताए। सभामुख घिमिरेले नेपाललाई शैक्षिक केन्द्र बनाउन सरकारी र निजी क्षेत्रबाट समन्वयात्मक भुमिका निर्वाह हुनुपर्ने बताए।

उनले देशमै विद्यार्थीहरुलाई उच्च शिक्षा प्रदान गर्नका लागि यस किसिमका मेलाहरु महत्वपूर्ण हुने बताएका छन्। उनले नेपाललाई सुहाउने खालको शिक्षाको विकास गर्ने सन्दर्भमा विश्व विद्यालयसँग सम्बन्धित शिक्षा नीतिहरु आएपनि व्यवहारमा अझै लागू गर्न केही समस्या देखा परिरहेको उल्लेख गरे।


क्याटेगोरी : राजनीति
ट्याग : #devraj ghimire, #sabhamukh

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट