Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

त्रिदेशीय एकदिवसीय क्रिकेट शृङ्खलामा नेपालले आज पपुवा न्युगिनीसँग खेल्ने


काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा नेपालले आज पपुवा न्युगिनी (पीएनजी)सँग खेल्ने भएको छ । खेल बिहान पौने १२ बजे दुबईमा सुरु हुनेछ । यो शृङ्खलाको तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनीसँग खेल्न लागेको हो ।

पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई हराएको थियो । हिजोको खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको थियो । यो शृङ्खलामा नेपाल, यूएई र पपुवा न्युगिनी रहेका छन् । अर्को खेल सोमवार यूएईसँग हुनेछ ।

अङ्क तालिकामा नेपाल ३० खेलमा २८ अङ्कसहित छैटौँ स्थानमा छ । अब नेपालले लिग–२ को शीर्ष तीनमा रहँदै सोझै विश्व कप खेल्न बाँकी रहेका ६ वटै खेल जित्नुपर्नेछ । साथै एकदिवसीय मान्यता जोगाउन ४ खेल जित्नुपर्ने हुन्छ ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट