Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बार्सिलोनालाई शीर्षस्थानमा ९ अंकको अग्रता


स्पेनिस ला लिगाको अंकतालिकामा बार्सिलोनाले ९ अंकको फराकिलो अग्रता बनाएको छ। गएराति सम्पन्न खेलमा एथ्लेटिक बिल्बाओलाई १–० गोलअन्तरले हराएसँगै शीर्षस्थानमा फराकिलो अग्रता बनाएको हो।

सान मामेस बारिया स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि १–० गोलअन्तरको जित निकालेको हो। बार्सिलोनाको जितमा राफिन्हाले पहिलो हाफको इन्ज्युरी समयमा सर्जियो बुस्क्वेटको पासमा निर्णायक गोल गरे।

जितसँगै २५ खेलबाट बार्सिलोनाले ६५ अंक जोडेर शीर्षस्थानमा दर्बिलो पकड बनाएको छ। समान खेल खेलेको रियल मड्रिड ५६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। तेस्रो र चौथो स्थानमा समान ४५ अंक जोडेका एट्लेटिको मड्रिड र रियल सोसिडाड छन्। एथ्लेटिको बिल्बाओ ३३ अंक जोडेर तालिकाको नवौँ स्थानमा छ।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #football

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट