Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पपुवा न्युगिनीविरुद्ध नेपालले टस जितेर बलिङ गर्दै


काठमाडौं, २९ फागुन । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा आज पपुवा न्युगिनी (पीएनजी_ विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

त्रिवि मैदान कीर्तिपुरमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पीएनजीलाई ब्याटिङको निम्तो दिएका छन् । नेपाल लगातार जितको लय कायम राख्ने लक्ष्यमा छ । लिगको चौथो स्थानमा रहँदै एकदीवसीय मान्यता जोगाएको नेपाल बाँकी दुई खेल जित्दै शीर्षतीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउने योजनामा छ ।

यता छनोटबाट बाहिरि सकेको पीएनजी पनि नेपालसँग सुखद नतिजा निकाल्न चाहन्छ । पीएनजीविरुद्ध नेपालले टोलीमा एक खेलाडी परिवर्तन गरेको छ । आइतबार संयुक्त अरब इमिरेट्स (युएई) सँगको खेलमा रहनु भएका गुलशन झाको स्थानमा आज करण केसीलाई समावेश गरिएको छ । लिग २ अन्तर्गत सिरिजकै अन्तिम खेल नेपालले चैत २ गते युएईसँग खेल्नेछ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #cricket, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट