Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

चर्च ब्वाइज र मच्छिन्द्रले बराबरी खेल्दा, जावलाखेलले थ्री स्टारलाई हरायो


काठमाडौं । यसै सिजन बढुवा हुँदै स्टार खेलाडीलाई अनुबन्ध गरेको चर्च ब्वाइज युनाइटेड र डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले काठमाण्डौमा चलिरहेको शहीद स्मारक ए डिभिजन लिगमा गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

आज शुक्रवार च्यासल मैदानमा भएको खेलमा स्टार खेलाडीले भरिएको चर्च ब्वाइजले अपेक्षाअनुसारको प्रदर्शन गर्न नसक्दा डिफेन्डङ च्याम्प्यिनसँग अङ्क बाँड्न बाध्य भएको हो । यस बराबरीसँगै चर्च ब्वाइजले ५ खेलमा ११ अङ्क जोड्दा मच्छिन्द्रको समान खेलबाट ५ अङ्क भएको छ ।

लिगअन्तर्गत शुक्रवार नै एन्फा मैदानमा भएको अर्को खेलमा जावलाखेल युथ क्लबले थ्रीस्टार क्लबमाथि १–० को रोमाञ्चक जित निकालेको छ । यससँगै जावलाखेलले प्रतियोगितामा तेस्रो जित निकालेको छ ।

नियमित कप्तान अघिल्लो खेलमा दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि उनीविना खेलेको जावलाखेलका लागि एन्कोटो मासोबीले १६ औँ मिनेटमा गरेको गोल नै निर्णायक भएको हो । जितसँगै जावलाखेलले ५ खेलमा १० अङ्क जोडेको छ । थ्री स्टारले ५ खेलमा ७ अङ्क जोडेको छ ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट