Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

युरोकप छनोट : रोनाल्डोको कीर्तिमानमा पोर्चुगल तथा केनको कीर्तिमानमा इङ्ल्यान्डको जित


काठमाडौं । युरोकप छनोट अन्तर्गत गएराति भएको खेलमा क्रिस्टियानो रोनाल्डोको कीर्तिमानमा पोर्चुगल तथा ह्यारी केनको कीर्तिमानमा इङ्ल्यान्ड विजयी भएको छ।

कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाएको खेलमा पोर्चुगलले लिचेस्टाइनलाई ४–० गोलले हरायो । पोर्चुगलका लागि रोनाल्डोले दुई गोल गरे । त्यस्तै जोआ कान्सेलो र बेर्नार्डो सिल्भाले गोल गरे । यो खेलसँगै रोनाल्डो पोर्चुगलका लागि सर्वाधिक धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने फुटबल खेलाडी बनेका छन् ।

रोनाल्डोको यो १ सय ९७औँ अन्तर्राष्ट्रिय खेल हो । उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी समेत हुन् । रोनाल्डोले कीर्तिमानी १ सय २० गोल गरिसकेका छन् । जितसँगै समूह ‘जे’ को पोर्चुगलले पहिलो खेलमा ३ अङ्क जोडेको छ ।

अर्को खेलमा इङ्ल्यान्डले इटलीलाई २–१ गोलले पराजित गरेको छ । इङ्ल्यान्डका डिक्लेन राइस र ह्यारी केनले गोल गरे । केनको यो ५४औँ गोल हो । केन इङ्ल्यान्डका लागि सर्वाधिक धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले पूर्व फरवार्ड वायन रोनीको नाममा रहेको ५३ गोलको कीर्तिमान तोडेका हुन् । इटलीका माटियो रेटेगुइले एक गोल गरे । जितसँगै छनोटको समूह ‘सी’ मा रहेको इङ्ल्यान्डले ३ अङ्क जोडेको छ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट