Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

थ्री नेसन्स कप : लाओससँग भुटान २-१ गोल अन्तरले पराजित


काठमाडौं । प्रधानमन्त्री कप थ्री नेसन्स कपमा लाओसले भुटानलाई पराजित गरेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज शनिवार भएको खेलमा लाओसले भुटानलाई २–१ गोल अन्तरले हराएको हो।

लाओसका लागि बोन्पाचान बोन्कोङले दुई गोल गरे भने भुटानका लागि चेन्चो ग्याल्सेनले एक गोल गरे । लाओसका बोन्काङले खेलको चौथो मिनेटमा र दोस्रो हाफको ७१औँ मिनेटमा दोस्रो गोल गरे । भुटानका लागि ग्याल्सेनले खेलको ३४औँ मिनेटमा एक गोल गरे ।

जितसँगै लाओसले दुई खेलमा ३ अङ्क जोडेको छ । भुटानले अङ्क जोड्न सकेको छैन । लिग चरणको दुई खेल समाप्त हुँदा नेपाल ३ अङ्कसहित शीर्ष स्थानमा छ ।

नेपालले अर्को खेल चैत १४ गते भुटानसँग खेल्नेछ । सिङ्गल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन् ।

विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन् ।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट