Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

गुल्मीमा क्रिकेटर अर्जुन कुमाल सम्मानित


गुल्मी । जिल्ला खेलकुद विकास समिति गुल्मीले क्रिकेटर अर्जुन कुमाललाई सम्मान गरेको छ । १९ वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य रहेका कुमाललाई खेल क्षेत्रमा थप हौसला प्रदान गर्ने उद्देश्यले सदरमुकाम तम्घासमा सम्मान गरिएको हो ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीले खेलकुद विकास समितिको तर्फबाट अर्जुनलाई नगद र सम्मानपत्रद्वारा सम्मानित गरेका हुन् ।

गुल्मीको छत्रकोट गाउँपालिका ५ को मानकोटका अर्जुनले केही समय अगाडि यूएईमा भएको १९ वर्षमुनिको विश्व कप छनोट प्रतियोगितामा नेपाललाई जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख खत्रीले गुल्मीमा जन्मेर क्रिकेट खेलको माध्यमबाट अर्जुन कुमालसँगै सोमपाल र सागरजस्ता खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा क्रिकेट क्षेत्रमा अलग्गै पहिचान स्थापित गरेको बताए। उनले खेलाडीहरू राष्ट्रका महत्त्वपूर्ण गहना भएको भन्दै सबैले उनीहरूको हौसला बढाउनुपर्ने बताए ।

क्रिकेटर कुमाललाई यसअघि छत्रकोट गाउँपालिका र गुल्मी उद्योग वाणिज्य सङ्घले पनि सम्मान गरेको थियो ।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #Circket Nepal

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट