Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मनाङ खप्तड गोल्ड कपको सेमिफाइनलमा


कैलाली । मनाङ मर्स्याङ्दी क्लब छैटौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रङ्गशालामा सोमवार भएको खेलमा बाग्मती क्लबलाई २–१ गोल अन्तरले हराउँदै मनाङले अन्तिम चारमा स्थान बनाएको हो । मनाङका लागि तिमोथे कोडु र साइजमोलले १र१ गोल गरे । बाग्मतीका लागि सृजन गौतमले गोल गरे ।

अब मनाङले विदेशी टोली एभिनिर फुटबल क्लब क्यामरुनसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनल खेल चैत १५ गते हुनेछ ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम(११ स्पोर्टस क्लबले आयोजना गरेको हो । आयोजकसहित ुएु डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ । अस्ति बिहीवारदेखि सुरु भएको प्रतियोगिता आउँदो १८ गतेसम्म चल्ने छ ।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #football

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट