Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नेपालसँगको खेलमा भुटानलाई अग्रता


काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपालसँगको खेलमा भुटानले अग्रता लिएको छ । दशरथ रङ्गशालामा भइरहेको खेलमा भुटानले १९ औँ मिनेटमा गोल गरेको हो । भुटानका लागि तेन्जिन नोर्बुले गोल गरे ।

आजको खेलमा नेपाल दुई गोलअन्तरले पराजित भए पनि फाइनलमा पुग्नेछ । भुटान फाइनलमा पुग्न नेपालसँगको खेलमा ऐतिहासिक जित आवश्यक छ । त्यसमा समीकरण पनि भुटान अनुकूल बन्नुपर्नेछ । बराबरी भए या जितेमा नेपाल फाइनलमा पुग्नेछ । आजको खेलमा फाइनल पुग्ने टोलीले उपाधिका लागि शुक्रवार लाओससँग खेल्नेछ ।

नेपाल र भुटानबीच अहिलेसम्म १२ वटा खेल भएकोमा सबैमा नेपाल विजयी भएको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #football

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट