Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आईपीएल टी–२० क्रिकेट : राजस्थानले हैदराबादलाई ७२ रनले हरायो, चहलले ४ विकेट लिए


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई हराएको छ । आज आइतवार भएको पहिलो खेलमा राजस्थानले हैदराबादलाई ७२ रनले हरायो ।

राजस्थानले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन बनायो । उसका लागि अब्दुल समादले नटआउट ३२ र मयंक अग्रवालले २७ रन बनाए । राजस्थानका युजवेन्द्र चहलले ४ र ट्रेन्ट बोल्टले २ विकेट लिए ।

यसअघि हैदराबादमा टस हारेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर २ सय ३ रन बनायो । उसका लागि सन्जु सामसनले ५५ तथा यशस्वी जयसवाल र जस बटलरले ५४र५४ रन बनाए । हैदरावादका थंगरसु नटराजन र फजलहक फरुकीले २र२ विकेट लिए ।

यो जितसँगै राजस्थान २ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । हैदराबाद तालिकाको पुछारमा छ ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट