Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

इङ्लिस प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम र न्युकासल विजयी


काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम र न्युकासल विजयी भएका छन् । गएराति भएको खेलमा वेष्ट ह्यामले साउथह्याम्टनलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै १४औँ स्थानमा रहेको वेष्ट ह्यामले २७ अङ्क जोडेको छ भने साउथह्याम्टन २३ अङ्क जोडेर पुछारमा छ ।

यस्तै, गएराति नै भएको खेलमा म्यानचेस्टर युनाइटेड न्युकासल सँग २–० गोल अन्तरले पराजित भएको छ ।

जितसँगै न्युकासल तेस्रो स्थानमा उक्लिएको छ । उसले ५० अङ्क जोडेको छ । ५० अङ्क नै जोडेको म्यानचेस्टर युनाइटेड भने चौथो स्थानमा धकेलिएको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #football

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट