Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नेपाल भियतनामसँग ५–१ गोलले पराजित


काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपाल भियतनामसँग पराजित भएको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपाल भियतनामसँग ५–१ गोलले पराजित भएको हो ।

पहिलो हाफमा नेपाल ३ गोलले पछाडि परेको थियो । दोस्रो हाफमा नेपालले थप २ गोल खायो भने एक गोल फर्कायो । नेपालका लागि सावित्रा भण्डारीले ८० औँ मिनेटमा गोल गरिन् । फिफा वरीयतामा भियतनाम ३३औँ र नेपाल एक सयऔँ स्थानमा रहेको छ । भियतनाम अस्ट्रेलिया–न्युजिल्यान्डमा चार महिनापछि हुने फिफा महिला विश्व कपमा प्रतिस्पर्धा गर्दैछ ।

पहिलो चरणको छनोटमा समूह ‘सी’ मा नेपाल र भियतनामले मात्र खेलेका हुन् । प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यो समूहमा नेपाल र भियतनाम मात्र रहेका छन् । नेपाल र भियतनामको दोस्रो खेल आउँदो शनिवार हुँदैछ ।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट