Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आईपीएल क्रिकेटमा लखनउको रोमाञ्चक जित : बेङ्लोर एक विकेटले पराजित


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेङ्लोरलाई हराउँदै एक विकेटको रोमाञ्चक जित निकालेको छ ।

चार खेलमा तीन जितका साथ लखनउ अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै भेट्टायो । एक सय २३ रनमा तीन विकेट गुमाएको लखनउका लागि मार्कुस स्टोइनिसले सर्वाधिक ६५ रन र निकोलस पुरनले ६२ रन बनाए ।

रोयल च्यालेन्जर्स बेङ्लोरका मोहम्मद शिराज र वेन पार्नेलले समान ३/३ विकेट लिए । हर्षल पटेलले २ विकेट लिए । त्यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको बेङ्लोरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो । बेङ्लोरका कप्तान फाफ डु प्लेसिस सर्वाधिक ७९ रनमा अविजित रहे ।

विराट कोहली ६१ र ग्लेन म्याक्सवेल ५९ रनमा आउट भए । लखनउका अमित मिश्रा र मार्क वुडले एक/एक विकेट लिए । बेङ्लोर तीन खेलमा २ अंकका साथ सातौँ स्थानमा रहेको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #circket

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट