Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

ए डिभिजन लिग फुटबलमा : जावलाखेलले पुलिसलाई ६–१ ले हरायो, मच्छिन्द्र एपीएफसँग पराजित


काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबलाई फराकिलो अन्तरले हराएको छ ।

आज बुधवार ललितपुरको च्यासल मैदानमा भएको खेलमा जावलाखेलले पुलिसलाई ६–१ गोल अन्तरले हरायो । पहिलो हाफमा एक गोल गरेको जावलाखेलले दोस्रो हाफमा पाँच गोल गर्दै एक खोल बेहोर्‍यो । जावलाखेका लागि एनकोटा मासोबी र हिसुब थापाले दुईरदुई गर्दा फोडे फोफना र अब्दुलाजिज निसोनबाभले एकरएक गोल गरे । पुलिसका लागि मोसेस ग्याबाह टौमले सान्त्वना गोल गरे ।

यो जितसँगै जावलाखेल १० खेलमा २० अङ्कसहित तालिकाको शीर्ष स्थानमा कायमै रहँदा पुलिस उति नै खेलमा पाँच अङ्कसहित पुछारमा यथावत् छ ।

यस्तै आजै त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले मच्छिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरले हराएको छ । मच्छिन्द्रका लागि अर्मान्ड बेडोमले गोल गरे ।

यो जितसँगै एपीएफ १० खेलमा १४ अङ्कसहित तालिकाको आठौँ स्थानमा उक्लिँदा मच्छिन्द्र उति नै खेलमा १३ अङ्कसहित नवौँ स्थानमा छ ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट