Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

एसिसी प्रिमियर कप : नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाले प्रभावित


काठमाडौं, ११ वैशाख । एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाले प्रभावित भएको छ।

मुलपानी मैदान विहान ९ बजे सुरु हुने पर्ने वर्षाले प्रभावित भएको हो। खेलअघि गरिने टस वर्षाका कारण ढिलाइ भएको छ। हिजो साँझदेखि परेको वर्षाका कारण मैदान भिजेको छ।

अहिले पिचमा कभर लगाइएको छ। सो कभर हटाइएपछि मात्र टसबारे निर्णय हुनेछ। विहान साढे ११ बजेसम्म दुईपटक कभर हटाइए पनि फेरि वर्षा भएका कारण कभरले पिच छोपिएको छ।

दिउँस २ बजेसम्म पनि टस हुन नसके खेल रद्द हुनेछ। खेल रद्द भएमा नेपाल सेमिफाइनल पुग्नेछ। नेपालले अन्तिम खेलमा बिहीबार कतारसँग खेल्नेछ। सो खेलमा जित हात पारे नेपाल समूह विजेता बन्नेछ।


क्याटेगोरी : खेलकुद
ट्याग : #cricket, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट