Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

एसिसी प्रिमियर कप : नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाका कारण रद्द, नेपाल सेमिफाइनलमा प्रवेश


काठमाडौं, ११ वैशाख । एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल वर्षा कारण रद्द भएको छ।

मुलपानी मैदान विहान ९ बजे सुरु हुने पर्ने खेल वर्षा कारण मध्यान्ह १२स्३० बजेसम्न पनि टस हुन सकेन। खेल रद्द भएसँगै नेपाल र साउदीले समूह ुएु मा एक एक अंक बाँडेका छन्। एक अंक जोडेसँगै नेपाल अन्तिम खेलअघि सेमिफाइनल पुगेको छ।

समूहको शीर्ष स्थानको नेपालले अन्तिम खेलअघि पाँच अंक जोडेको छ। चार अंक जोडेर दोस्रो स्थानमा रहेको ओमान र तीन अंक जोडेर तेस्रो स्थानमा रहेको साउदीसँग दुई अंक जोडेको मलेसियाको पनि सेमिफाइनल सम्भावना बाँकी छ। ओमान र साउदीबीचको खेल बाँकी रहेको कारण नेपाल सेमिफाइनलमा पुगेको हो।

नेपालले अन्तिम खेलमा बिहीबार कतारसँग खेल्नेछ। सो खेलमा जित हात पारे नेपाल समूह विजेता बन्नेछ। नेपालले यसअघि दुवै खेलमा जित हात पारेको थियो। कीर्तिपुरमा नेपालले मलेसिया र ओमानमाथि जित हात पारेको थियो।


क्याटेगोरी : खेलकुद, बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट