Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आईपीएल क्रिकेटमा गुजरातले मुम्बईलाई ५५ रनले हरायो


ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता गुजरात टाईटन्सले मुम्बई इन्डियन्सलाई ५५ रनले हराएको छ ।

गएराति अहमदावादमा भएको खेलमा गुजरातले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन बनायो । मुम्बईका निहाल वाधिराले सर्वाधिक ४० रन बनाए । क्यामरुन ग्रीन ३३ रनमा आउट भए । सुर्यकुमार यादवले २३ रन जोडे ।

गुजरातका नूर अहमदले ३ तथा मोहित शर्मा र राशिद खानले समान २र२ विकेट लिए । कप्तान हार्दिक पान्ड्याले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो । गुजरातका शुभमन गिलले सर्वाधिक ५६ रन जोडे । डेबिड मिलर ४६ रनमा आउट भए । त्यस्तै अनुभव मनोहरले ४२ रन बनाए ।

मुम्बईका पियुष चावलाले २ तथा जेसन बेहरनडोर्फ, राईली मेरिडेथ, अर्जुन तेन्दुल्कर र कुमार कार्तिक्येले समान एकरएक विकेट लिए । जितसँगै गुजरात सात खेलमा पाँच जित र दुई हारका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ । पाँच पटकको च्याम्पियन मुम्बई समान सात खेलमा तीन जित र चार हारका साथ अंक तालिकाको सातौं स्थानमा छ ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट