Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

एसीसी प्रिमियर कप क्रिकेट : यूएई ११७ रनमा अलआउट


काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा यूएई ११७ रनमा सीमित भएको छ । ललित राजवंशीले १० रन बनाएका जुनैद सिद्धिकीलाई आफ्नो शिकार बनाएसँगै यूएईको इनिङ्स समाप्त भएको हो ।

सोमबार यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । मंगलबार ‘रिजर्भ डे’ को खेलमा ११ रन थप बनाउँदै यूएई ३३.१ ओभरमा अलआउट हुन पुग्यो ।

यूएईलाई सस्तोमा समेट्न ललितले घातक बिलिङ गरे । उनले ७।१ ओभरमा मात्र १४ रन खर्चेर ४ विकेट लिए । त्यस्तै, करन केसी र सन्दीप लामिछानेले २–२ विकेट लिए । सोमपाल कामी र गुल्सन झाले यूएईका एक–एक जना खेलाडीलाई पभिलियन फर्काए ।

यूएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाए भने आर्यन लकाराले १३ तथा बासिल हमिद जुनैद सिद्धिकीले १०–१० रनको योगदान दिए ।

आजको खेलमा दर्शकलाई निःशुल्क प्रवेश गराउने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ।

हिजोको खेलमा साधारण टिकट २ सय रुपैयाँ राखिएको थियो । तर वर्षाको कारण फाइनल खेल पूरा हुन नसकेपछि आजका लागि सरेको हो । ‘रिजर्भ डे’ का रुपमा खेल सारिएपछि दर्शकलाई प्रवेश निःशुल्क गरिएको हो ।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट